इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।
चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा दुवैले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको १८औं मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर ३७औं मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यो बराबरीपछि दुवैले १/१ अंक बनाएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०६:५४