पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले रास्वपाले कारबाही गर्ने बुधबार, कात्तिक ७, २०८१

राष्ट्रपतिसँग विपक्षी दलहरूले छलफल गर्ने बुधबार, कात्तिक ७, २०८१ सरकार गठन भएको सय दिन पुगेको बेला विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने तयारी गरेका छन्। राष्ट्रपति पौडेलसँग भेट गर्न लागेको जानकारी प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका थिए।

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी बुधबार, कात्तिक ७, २०८१ ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन्। जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन्।

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित रह्योः प्रचण्ड बुधबार, कात्तिक ७, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले सरकार गठन हुँदा जे आशंका गरिएको थियो सय दिनसम्म आइपुग्दा त्यस्तै देखिएको बताएका हुन्।

सुत्केरी बोकेको जीप दुर्घटना, शिशुको मृत्यु बुधबार, कात्तिक ७, २०८१ लु ३ च १६५६ नम्बरको जीप बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनमा दुई ट्रक र एक ट्याङ्कर ठोक्किँदा एकजनाको मृत्यु बुधबार, कात्तिक ७, २०८१ चितवनको टिकौली जङ्गलमा दुई ट्रक र एक ट्याङ्कर ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना, हर्नियाको शल्यक्रिया गरिने बुधबार, कात्तिक ७, २०८१ उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको शल्यक्रिया बुधबार गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए।

प्रधानमन्त्रीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधबार, कात्तिक ७, २०८१ नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट एक सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक बुधबार, कात्तिक ७, २०८१ बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ जना जनशक्ति बुधबार, कात्तिक ७, २०८१ महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।

एक दिवसीय अभ्यास खेल: अमेरिकासँग नेपाल ४ विकेटले पराजित बुधबार, कात्तिक ७, २०८१ अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।

अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो बुधबार, कात्तिक ७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई खटाइयो बुधबार, कात्तिक ७, २०८१ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यही सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छन्। त्यस्तै यही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पनि पक्राउ परेका छन्।


-1729346267.jpg)






