शेख हसिनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचारमंगलबार, कात्तिक २७, २०८१
ट्रम्पलाई जेलेन्स्कीले गरेको टेलिफोनमा मस्कसँग पनि कुराकानी शनिबार, कात्तिक २४, २०८१ अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेको टेलिफोन वार्तामा अमेरिकी अर्बपति इलन मस्कले पनि कुराकानी गरेको समाचार सार्वजनिक भएको छ। जेलेन्स्कीले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन चुनावको भोलिपल्ट टेलिफोन वार्ता गरेका थिए। त्यतिबेला ट्रम्प र मस्क फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा थिए।
ट्रम्पले सेना तैनाथबारे आदेश दिनसक्ने भन्दै अमेरकी रक्षा मन्त्रालयका अधिकारी छलफलमा शनिबार, कात्तिक २४, २०८१ अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन्।
जेट एअरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश शुक्रबार, कात्तिक २३, २०८१ भारतको सर्वोच्च अदालतले दिवालिया जेट एअरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ। यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एअरलाइन्सको पाँच वर्ष लामो कानुनी प्रक्रिया समाप्त भएको छ।
इजरायली सेनाको क्रूरता : दैनिक एक बच्चाको हत्या, १० जना घाइते शुक्रबार, कात्तिक २३, २०८१ संयुक्त राष्ट्र बाल एजेन्सीले इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्रता दिँदा गत महिना लेबनानमा दिनको कम्तीमा एक बालबालिकाको मृत्यु भएको बताएको छ।
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ? बुधबार, कात्तिक २१, २०८१ अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् ।राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरु भएको हो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित बुधबार, कात्तिक २१, २०८१ अमेरिकामा मङ्गलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प बुधबार, कात्तिक २१, २०८१ उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन्। सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए।
जितपछि ट्रम्पको घोषणा– अब कुनै युद्ध हुनेछैन बुधबार, कात्तिक २१, २०८१ अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र युक्रेनलाई सङ्केत गर्दै अब युद्ध नहुने बताएका हुन्।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का बुधबार, कात्तिक २१, २०८१ निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सीएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
अमेरिकी राष्ट्रपति निर्वाचन : स्विङ स्टेट 'नर्थ क्यारोलाइना'मा ट्रम्पको जित बुधबार, कात्तिक २१, २०८१ अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्। सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पको लगातार अग्रता बुधबार, कात्तिक २१, २०८१ कुल ५३८ इलेक्टोरल कलेजमध्ये बिहान ११ बजेसम्म ट्रम्पले २३० र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २०५ इलेक्ट्रोरल कलेज जित्ने निश्चित भएको विभिन्न अमेरिकी अखबारहरूले प्रक्षेपण गरेका छन्। यद्यपि रिपब्लिकनको बाहुल्यता भएका स्थानहरूबाट मतगणना सुरु गरिएकाले अहिले अग्रता लिइरहेका स्थानहरूमा लगातार अग्रता भइरहन्छ भन्ने निश्चित रहँदैन।
अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना सुरु, ट्रम्पको अग्रता बुधबार, कात्तिक २१, २०८१ ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन्। राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो।