News Griha :: न्यूजगृह
मुख्यसचिवमा अर्याल नियुक्त भएपछि सचिव ज्ञवालीले दिए राजीनामा
मुख्यसचिवमा अर्याल नियुक्त भएपछि सचिव ज्ञवालीले दिए राजीनामा सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन्।मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए। सरकारले मुख्यसचिव नबनाएपछि उनले राजीनामा दिएका हुन्।
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन।
एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त
एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ
अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)सँग मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे। 
बाँकेमा बस दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु
बाँकेमा बस दुर्घटना, सहचालकसहित दुई जनाको मृत्यु दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए। भुसाल बसका सहचालक हुन्।
नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेस्टहाउस सञ्चालक पक्राउ
नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेस्टहाउस सञ्चालक पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका सञ्चालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका-४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन्। 
तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढङ्गले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
चोरीशिकारमा संलग्न रहेको आरोपमा पूर्व डीआईजी र बहालवाला सईसहित १० जना पक्राउ
चोरीशिकारमा संलग्न रहेको आरोपमा पूर्व डीआईजी र बहालवाला सईसहित १० जना पक्राउ जङ्गली जनावरको चोरीशिकारमा संलग्न रहेको आरोपमा पूर्व डीआईजी र बहालवाला सईसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
श्रीकेश तेल गुणस्तर पुष्टि हुन सकेन, उत्पादक कम्पनीलाई २ लाख जरिवाना
श्रीकेश तेल गुणस्तर पुष्टि हुन सकेन, उत्पादक कम्पनीलाई २ लाख जरिवाना काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिए।
काठमाडौंबाट तीन जना मोटरसाइकल चोर पक्राउ 
काठमाडौंबाट तीन जना मोटरसाइकल चोर पक्राउ  काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन् पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट यूपी५३एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। 
Weather Update