News Griha :: न्यूजगृह

काठमाडौं— माइतीघर मण्डला कानमा तेल हालेर बसेको सरकारलाई नागरिकले झकझक्याउने थलो हो ।

हुन त मुलुकमा जनताको सरकार छ, जनताको प्रतिनिधित्व गर्दै नेता सांसदको भेषमा सदनमा पुगेका छन् । यति मात्र होइन, मुलुकमा न्याय दिने अदालत पनि छ । तर आफ्ना समस्या समाधान गर्न आम नागरिक सडकमै आउनुपर्ने उदेग लाग्दो परिस्थिति सिर्जना भएको छ । असारको चर्को घामको बेवास्ता गर्दै आइतबार केही समूहमा त केही एक्लै आन्दोलनमा छन् । 

आइतबार भिन्दाभिन्दै सात वटा आन्दोलन थिए माइतीघरमा । नागरिकताको आन्दोलनदेखि सहकारी पीडितसम्म समूहमा देखिए ।

राजा फर्काउन र महिलाहिंसाविरुद्धको आन्दोलनसमेत छ माइतीघरमा । विद्यालय कर्मचारी पनि त्यहीँ छन् ।  

यस्तै, प्रहरीलाई नै बचाउन खोज्दा प्रहरीले नै चलाएको गोली लागेर दुख पाएका कैलालीका एक युवक र कृषिमा अनुदान बढाउन र आत्मनिर्भर बनाउन माग गर्दै धादिङबाट अर्का युवा पनि माइतीघर आएका छन् । 

तस्बिरहरू : सुनिता लोहनी/न्यूजगृह

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:०५
Weather Update