नीति तथा कार्यक्रमको तयारीस्वरुप संसद्मा 'रिहर्सल' [तस्बिरसहित]
मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।
अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।
त्यसको तयारीस्वरुप संसद्मा पूर्वतयारी (रिहर्सल) गरिएको छ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे लगायतको उपस्थितीमा ‘रिहर्सल’ गरिएको हो।
संसद् भवनमा राष्ट्रपति आउँदा कसरी स्वागत गर्ने भन्ने विषयमा ‘रिहर्सल’ गरिएको हो।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १२:१८