News Griha :: न्यूजगृह

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल हेर्न दर्शकहरू कुरेर बसेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । तर, वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन् । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो । 

नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । 

उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:४७
Weather Update