News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौंमा घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो। 

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि भए। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे  सहभागी थिए।

सो अवसरमा सेनाले अश्वकला सम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो। घोडादौड, म्युजिकल रेस, सोजम्म लगायत विधामा प्रतिस्पर्धा गराइएको थियो। त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो। तस्बिर: नेपाली सेना

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:०४
Weather Update