News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

यो वर्षको पुनरुत्थान (इस्टर)महोत्सव २०२४ काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। आइतबार बिहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाएका छन्। 

बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागी भृकुटीमण्डपमा भेला भएका थिए।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:०३
Weather Update