News Griha :: न्यूजगृह

रंगको पर्व होलीको रौनक सुरु भएको छ। आज पहाडका जिल्लामा रंग खेलेर मनाउँदै गरिएको होली भोलि तराईका जिल्लामा मनाइने छ। 

यतिबेला बालबालिकाहरू होली खेल्दै सडकमा देखिन थालेका छन्। 

तस्बिर : रासस

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ बागबजारमा होली खेलेर मनोरञ्जन लिँदै बालबालिका।
सुर्खेतको वीरेन्द्रनगर–६ स्थित विरेन्द्रचोकमा होली खेल्न सामग्री किन्दै सर्वसाधारण।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला । राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन् ।
काठमाडौंको असन बजारमा होलीको सामग्री खरिदका लागि हेर्दै सर्वसाधारण ।
काठमाडौंको असन बजारमा होलीको सामग्री खरिदका लागि हेर्दै सर्वसाधारण ।
काठमाडौंको असन बजारमा होलीको सामग्री खरिदका लागि हेर्दै सर्वसाधारण ।
महेन्द्रनगरनगर बजारस्थित गल्ली नं. ५ मा होली खेल्दै यहाँका स्थानीय ।
कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदुरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:२७
Weather Update