News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाईमा अवस्थित रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जमेको हिउँ पग्लिन सुरु भएको छ।उक्त कुण्डमा जाडो महिनामा जमेको हिउँ गर्मी मौसम सुरु भएसँग पग्लिन सुरु भएको हो।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँ बाबा भगवान शिव शङ्करले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट पवित्र तीर्थस्थल गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्वदन्ती रहेको पाइन्छ। 

कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, चिताएको सबै मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ। गोसाइँकुण्डमा १ सय ८ कुण्ड छन् ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:०९
Weather Update