News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

मेहनतले काम गर्ने किसानको दैनिकी सँधै कष्टकर हुने गर्छ। त्यसमा पनि समयमा बीउ, मलखादको समस्या भोग्ने किसान सिँचाइ अभावले भनेजस्तो फसल उब्जाउन सक्दैनन्। उब्जिएको फसलले पनि मूल्य नपाउँदा चिन्तित रहन्छन्। 

परिस्थिति जेजस्तो भए पनि उत्पादनका लागि मेहनत बढाउन पछि नहट्ने कर्मी किसानका केही तस्बिर हेर्नुहोस् जसले मेहनतको परिभाषा झल्काउँछ। त्यसैले किसानको मेहनतले बारी खुलेको छ। 

तस्बिर: रासस

घोराही–१८ का महेश पौडेलले व्यावसायिक रुपमा गरेको टमाटर खेती । पौडेलले तेरौटेमा प्रतिबिघा वार्षिक ६६ हजारका दरले बीस बिगाह जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्। 
धनगढी उपमहानगरपालिका– २ मालिका टोल नजिकै खेतमा लगाइएको टमाटरका बिरुवामा औषधि छर्कंदै किसान । मौसम परिवर्तनसँगै बिरुवामा देखिन थालेको रोगबाट जोगाउन औषधि छर्कनु परेको किसानले बताएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बिक्रीका लागि बजार लैजान किसानले टिपेर व्यवस्थापन गरेको गोलभेंडा । किसानले उत्पादन गरेको गोलभेंडा दाङमा प्रतिकिलो तीसका दरले थोकमा बिक्री भइरहेको छ ।
सुनसरीको इनरुवा–९ का किसानले लगाएको मकैखेती ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा किसानले गरेको बन्दाखेती । 
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ३ माछमी गाउँमा गरिएको मुला खेती । यहाँ बीउ उत्पादनको लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँका स्थानीले बीउ उत्पादनसँगै तरकारी खेती गर्ने गर्ने गर्दछन् ।
काभ्रेको पनौती खोपासीमा स्थानीय किसानले खेतमा लगाएको आलुखेती ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०८:५१
Weather Update