बसन्तपुरमा यसरी ठड्याइयो चीर [तस्बिरहरू]
फागु पर्वको विधिवत सुरुवात गर्दै काठमाडौंको बसन्तपुरमा चीर उठाइएको छ।
आइतबारको शुभसाइतमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो।
चीर बनाउँदा जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०९:३३