News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँ बाबा भगवान शिव शङ्करले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट पवित्र तीर्थस्थल गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्वदन्ती रहेको पाइन्छ। गोसाइँकुण्ड समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइँमा छ।

कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, चिताएको सबै मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ। गोसाइँकुण्डमा १ सय ८ कुण्ड छन् ।

गोसाइँकुण्ड जाने तीर्थयात्री मध्ये करिब ९० प्रतिशत पदमार्ग भएर जाने गर्दछन्। गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी ४ वटा पदमार्ग सञ्चालनमा छन्। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ।

हेरौँ धुन्चेबाट गोसाइँकुण्ड यात्रा गर्दा कैद गरिएका तस्बिरहरू ।तस्बिरहरू न्यूजगृह

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:२७
Weather Update