News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ। 

नगरपालिकाले नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही शनिबारदेखि फागुन १७ गतेसम्म चित्रकला प्रदर्शनी गर्न लागेको हो । 

सो प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । प्रदर्शनीमा ५० देशका चित्रकारहरूले बनाएका १७० भन्दा बढी चित्रहरू राखिने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने गरी चित्रकला प्रदर्शन लागिएको हो । यसले जिल्लाका पर्यटन प्रवद्र्धनमा सहयोग अपेक्षा गरिएको छ । 

नगरपालिकाले गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारलाई जिल्लाको अवलोकन भ्रमण गराएको थियो । अब उनीहरूले तय गरेका चित्रकला प्रदर्शनी गर्न लागिएको हो । 

प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:४६
Weather Update