आज सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लाका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो लागेको छ।
आजै साना नानीबाबूहरूलाई अक्षराम्भ गाउन पनि अभिभाव नानीबाबू लिएर सरस्वती मन्दिर पुगेका छन्।
तस्बिर: रासस
सरस्वती पूजाको अवसरमा घोराही उपमहानगरपालिका–१४ नयाँबजारस्थित वाल विकास माध्यमिक विद्यालय परिसरका विद्यार्थी ।सरस्वती पूजाका लागि लामबद्ध ताप्लेजुङस्थित अक्सफोर्ड मोडेल इङ्लिश सेकेन्डरी स्कुलका विद्यार्थी ।पोखराको सगरमाथा निकेतन स्कुलमा सरस्वतीको पूजा गर्दै विद्यार्थी ।सुनसरीको इनरुवास्थित एक विद्यालयमा सरस्वतीको पूजा गर्दै विद्यार्थी । सरस्वती पूजाका दिन बिनास्कुल पोशाकका कारण विकृति बढ्नसक्ने भन्दै नगरपालिकाले विद्यालय पोशाकमै उपस्थित हुन अनुरोध गरेको थियो।काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुको एक विद्यालयमा अक्षरारम्भ गर्दै बालबालिका ।सरस्वती पूजाको अवसरमा महेन्द्र बहुमूखी क्याम्पस दाङ परिसरको सरस्वतीको मूर्तिमा पूजाआरधना गर्दै विद्यार्थी ।