मुगुमा ढकमक्क फुलेको लालीगुराँस
मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत, वैशाखमा महिना भए पनि माघ पहिलो सातादेखि वनभर ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १२:४०