News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् । 

१७ वर्षे करिअरमा अखबार र म्यागेजिनका लागि मिश्रको तीन हजारबढी कार्टुनहरू प्रकाशित भइसकेका छन् । खासगरी राजनीति, समाज र समसामयिक विषयवस्तुमा रहेर उनले कार्टुन बनाउँदै आएका छन् ।

समाज र राजनीतिमा देखिएका विकृतदेखि असमान पक्षलाई मिश्रले आफ्नो कार्टुनमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै आएका छन् । नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनी गरेको बताए । 

आफ्नो करियरमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा आफैँले छानेका ३५ वटा कार्टुन राखिएको छ । तर, प्रर्दशनी कै लागि भनेर आफूले कार्टुन नबनाएको मिश्रको भनाइ छ ।

प्रदर्शनीको नाम ‘डिपेक्सन’ दिएका मिश्रले त्यसलाई आफूले समाजमा देखेको घटना र प्रवृत्तिमाथिको चित्रण भएको औंल्याएका छन् । ‘डिपेक्सन’ मैँले देखेको समाज, राजनीति र विभिन्न समसामयिक विषयहरूमा देखेका घटना तथा प्रवृत्तिमाथिको चित्रण हो । मैँले कार्टुन बनाउन सुरु गरेको लगभग १७ वर्ष भयो । यो अवधिमा तीन हजार बढी कार्टुनहरू बनाएको छु । ति मध्येको र्‍याण्डमली छानिएका ३५ कार्टुनहरू प्रदर्शनीमा छन् । मैले प्रदर्शनीकै लागि भनेर कार्टुन बनाएको होइन, धेरैजसो पहिल्यै बनाइसकेका हुन् ।’
 

कार्टुनिस्ट रवि मिश्र
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:१७
Weather Update