News Griha :: न्यूजगृह

नेपाली सेनाले हरेक वर्ष  ‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता आयोजना गर्दै आएको छ ।  प्रतियोगितामा एथेलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए ।   प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ । 

    

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०८:२८
Weather Update