News Griha :: न्यूजगृह

आज यःमरी पुन्हि नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ । परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:०९
राजनीति
विशेष
Weather Update