News Griha :: न्यूजगृह

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ ।

यहाँबाट सगरमाथा, कञ्चनजंघा सहित मनोरम हिमशृङखला पनि अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृङखला अवलोकन गर्न आउनेहरूको यहाँ चहलपहल रहन्छ ।

आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरू पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । तस्बिरः विमल वैद्य

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:३६
Weather Update