News Griha :: न्यूजगृह

ललितपुरमा 'वर्षा र सहकाल'का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देवतालाई रथमा राखिएको छ । 

शुक्रबार बेलुकी 'वर्षा र सहकाल'का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

ललितपुरको पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा रातो मच्छिन्द्रनाथ (बुगं द्य) विराजमान गराइएको हो । ११ वैशाखमा नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ रथ जात्राका लागि रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०७:४३
Weather Update