News Griha :: न्यूजगृह

धनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा आज भूत मेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेलामा स्थानीय पुग्ने गर्छन् । बिहानै मेला हेर्न धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै सङ्ख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।  

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन नदीमा स्नान गर्ने परम्परा निकै पुरानो भएको धामी राजेन्द्र दासको भनाई छ ।  यो मेलालाई धामी झाँक्रीको मेला पनि भन्ने गरिन्छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी तथा स्थानीय बताउँछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:४३
समसामयिक
Weather Update