हरेक वर्ष मध्यपुर थिमीमा मनाइने बिस्का: जात्रा [तस्बिर]
भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा २७ चैत्रदेखि ५ बैशाखसम्म मनाइन्छ ।
बिस्केट जात्राको पहिलो दिन तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । स्थानीयले रथ तानेर आ–आफ्नो टोलमा लैजान खोज्छन् ।
यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । यस जात्राको मुख्य आकर्षण भनेको भैरवनाथको रथ तान्नु हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० २०:३९