News Griha :: न्यूजगृह

इलामको सूर्योदय नगरपालिकामा पर्छ श्रीअन्तु । समुद्री सतहबाट करिब २३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ ।

दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट करिब १४ किलोमिटरको दूरीमा पर्दछ यो । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छ तर अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीय स्थलमा छैन । अन्तुडाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको अलौकिक दृश्य देखिन्छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:२४
समसामयिक
Weather Update