News Griha :: न्यूजगृह
जाजरकोटको भेरी नगरपालिका–१ होलुज्यूलामा किसानलाई धानबाली भित्र्याउने चटारो । जिल्लाको सबैभन्दा बढी धान फल्ने ठाउँ यही रहेको छ । तस्बिर : हेमन्त केसी/रासस
लमजुङको बेँसीसहर नगरपालिका–८ दनाईफाँटमा धान काट्दै किसान । यतिबेला जिल्लामा धान काट्ने र भित्र्याउने कार्यमा किसान व्यस्त भइरहेका छन् । तस्बिर : जनक श्रेष्ठ/रासस
दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान हाते कृषि यन्त्रको सहायताले धान काटदै। कृषि यन्त्रको प्रयोग गर्न थालेपछि खेतीपाती स्याहार्न सहज भएको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस
दाङको घोराही उपमहानगरपालिका –६ गुरुवागाउँका किसान धानबाली भित्र्याउँदै । तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:१६
समसामयिक
Weather Update