कागबेनीमा बाढीले पुर्याएको क्षति [तस्बिरहरू]
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो ।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल,मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतका पोल बगाएको बताएको बताए ।




प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०९:०४
