News Griha :: न्यूजगृह

विश्व आदिवासी जनजाति दिवसको अवसरमा देशैभरि विभिन्न आदिवासीजनजाति सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरि मनाउँदैछन् । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न जातीय सङ्घसंस्थाहरूले जिल्लाहरूमा पनि कार्यक्रम गरी आदिवासी दिवस मनाइरहेका छन् । यसवर्ष विश्व आदिवासी दिवसको नाराको अर्थ आफूले निर्धारण गरे अनुरुपको परवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कान जस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:४४
समसामयिक
Weather Update