News Griha :: न्यूजगृह

काठमाडौं—  सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको साँवा ब्याज सहित रकम अविलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत् प्रर्दशन गरेका छन् ।

आइतबार बिहान माइतीघरबाट सुरु भएको प्रर्दशन हनुमानस्थान पुगेर रोकिएको थियो । प्रर्दशनकारी सिंहदरबार छिर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । कतिपयलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेर प्रहरी वृत्त अनामनगरमा लगेको छ ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले गरेको प्रर्दशनमा बाक्लो सङ्ख्यामा उपस्थित प्रर्दशनकारी र प्रर्दशनका कारण बिजुलीबजार, अनामनगर क्षेत्र लगायतका मुख्य सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।   

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:२४
Weather Update