पशुपतिमा भक्तजनको भिड
काठमाडौं— साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो ।
यसवर्ष साउन महिनामा अधिकमास परेको छ । त्यसैले, चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत योपटक लामो पर्ने भएको छ ।
हिन्दु धर्मावलम्बी महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलनअनुसार शिव मन्दिरहरूमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । आज पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु भक्तजनको भिड लागेको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १२:२५