आश्वासन
मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले भने- ढुक्क भएर घर जानुस् न्याय मिल्छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
न्याय माग्दै बालुवाटार पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’
उनले सरकारी वार्ता टोलीसँग सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १०:३९