न्याय मिल्ला?
मिटरब्याजी पीडित प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं— केही दिनदेखि काठमाडौंमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित बालुवाटर गएका हुन् । पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ ।
शुक्रबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ । शनिबार पनि पीडित र वार्ता समितिबीच छलफल हुँदैछ । मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ परेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ ०९:०८