थप निर्णय आउन बाँकी
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख
रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाँकी काठमाडौं— सिम्रिक एअरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।
पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक सङ्कटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।
उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ।रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०८:१०