News Griha :: न्यूजगृह
टाटासुमो दुर्घटनाः थप एकको मृत्यु

नुवाकोट– दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  १० जना घाइतेको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बेतिनीबाट काठमाडौं जान लागेको सुमो अपराह्न सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । घटनास्थलमा दुईजना र उपचारको क्रममा गएराति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार  उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते तीन जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०८:३७
Weather Update