ट्राफिक प्रहरीको विषेश चेकिङ
यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ चालक कारबाहीमा

काठमाडौं— थानकोट र नागढुङ्गामा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
१ सय ४० भन्दा बढी सवारी साधन चेक गर्दा पिकअप जीप ११ ओटा, हाइस १९, टाटासुमो ६, बस २ र अन्य सवारी साधन ६ गरी ४१ वटा सवारीको यान्त्रिक अवस्था ठिक नभएको पाइएको थियो ।
कारबाहीमा परेका सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ०७:०५