पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु

हेटौँडा— मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका—८ घर भएका कृतिबहादुर नेपाली रहेका छन् ।
भैँसे बजारबाट हेटौँडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११ बजेर २५ मिनेट जाँदा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित हेटौँडा–भैँसे सडक खण्डको बुलबुलेमा पहिरो खसेको थियो ।
साे पहिरोमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:४९