कपनको खोलामा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं— काठमाडौं महानगरले कपनको खहरे खोलामा डोजर चलाएको छ ।
काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएपछि महानगरले खोला खोल्न डोजर चलाएको हो ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको छ ।
महानगरले बिहीबार उक्त क्षेत्रमा डोजर चलाउन लगेको थियो । तर, खोला खन्ने विषयमा विरोध भएपछि महानगरको टोली फर्किएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १७:४६