News Griha :: न्यूजगृह
अरिङ्गालले चिलेर ७२ वर्षीय वृद्धको मृत्यु
सांकेतिक तस्बिर

अछाम— अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:२०
Weather Update