गृह जिल्लाको टुँडिखेल सफाई गर्न पुगे मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती गृह जिल्ला भोजपुर पुगेका छन् । यस क्रममा उनले सदरमुकाममा भएको स्थानीय टुँडिखेल सरसफाईमा सहभागी भएका थिए ।
‘म गृह जिल्ला भोजपुरमा छु, सधै शनिबार गरिने सरसफाई कार्यक्रम यसपटक भने आजै शुक्रबार गरिने जानकारी गर्दछु,’ उनले भने, ‘सहभागिताका लागि सबैमा अनुरोध छ, हप्ताको दुई घण्टा राष्ट्रका लागि ।’
मन्त्री किराती गृह जिल्लाको स्थानीय बिहानी फुटबल क्लबले शुक्रबार आयोजना गरेको भोजपुर सदरमुकामको टुँडिखेल सरसर्फाईमा सामेल भएका हुन् ।
यसअघि मन्त्री किराती काठमाडौंमा रहेका पशुपतिनाथ मन्दिरलगायत पर्यटकीय स्थलहरूमा आफै सहभागी भएर हरेक शनिबार सरसफाईको अभियानमा सहभागी हुँदै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १२:०२