सुनिल शर्मा पक्राउ परेपछि दुर्गा प्रसाईं भन्छन्— देउवा र अर्थ मन्त्रीले फसाए

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।
बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा.प्रकाशशरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।
उनले भने,‘सुनिल शर्मालाई फसाउने कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री डा.प्रकाशशरण महतको पूरा हात छ । अर्थ मन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केही हुनेवाला छैन ।’
शर्मामाथि शैक्षिक प्रमारणपत्र किर्ते गरेको आरोप लागेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० ०७:४१