News Griha :: न्यूजगृह
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

वाशिंटन डिसी— अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मंगलबा नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।

वाशिंटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्‍याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो ।

उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिंटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो । दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ ।

सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ । कतार एअरवेजको कार्गोको सहयोगमा नेपाल पुर्‍याउन लागिएका ती सामग्री शनिबार काठमाडौं पुग्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:५३
Weather Update