News Griha :: न्यूजगृह
टाटासुमो दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते

नुवाकोट— नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बेतिनीबाट यात्रु लिएर काठमाडौं जान लागेको सुमो शुक्रबार अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ना १ ज ३९८४ नं को सुमो ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खसेकाे थियाे । साे क्रममा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाइएको खड्काले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:०६
Weather Update