
काठमाडौं— काठमाडौं महानगरले खोलामाथि राखिएको स्ल्याब हटाउने कामलाई तीव्रता दिएको छ । यसै क्रममा महानगरको नगर प्रहरीको टोली कपन पुगेको छ ।
नगर प्रहरीले कपन खोलामाथि राखेको स्ल्याबहरू हटाउने तयारीका साथ डोजर लिएर गएका थिए । यसबीच काठमाडौं महानगरपालिका–७ सँग सीमा जोडिएको बूढानीलकण्ठ नगरपालिकासँग छलफल सुरू भएको वडाध्यक्ष विमल कुमार होडाले जानकारी दिए ।
‘हाम्रो महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच सीमा जोडिएको यो ठाउँमा योजनाबद्ध काम भइरहेको हो, अचानक किन महानगरको प्रहरी आए भन्ने हो,’ उनले भने, ‘यो सामाखुसीको जस्तो हैन, यहाँ योजनाबद्ध काम गर्ने भनेर दुई पालिकाबीच कुरा भएकै थियो ।’
स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबासीबीच विवादसमेत भएको थियो । अहिले काम सुरु हुन नसकेको जानकारी दिँदै वडाध्यक्ष हाडाले भने दुई पक्षबीच छलफल भइरहेको छ ।
यो क्षेत्र नेपाली कांग्रेका महामन्त्री तथा सांसद गगन थापाको चुनावी क्षेत्र हो । थापाले वर्षाको समयमा यस क्षेत्रमा निकै कठिन हुने बताउँदै आएका छन् ।