News Griha :: न्यूजगृह
काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो
बरामद गरिएको सुन

काठमाडौं— कास्कीबाट प्रहरीले सुन जस्तै देखिने २८ तोला धातु सहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंको जोरपाटी बस्ने झापाको बिर्तामोड नगरपालिका–१  की ४५ वर्षीय कल्पना गुरुङलाई बिहीबार बिहान पोखरास्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा पुगेकी उनलाई विशेष सूचनाका आधामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बरामद धातु सुन नै हुन सक्ने सम्भावना प्रबल रहे पनि प्रमाणित हुन बाँकी छ । अरू कसैले उनीमार्फत सुन पठाएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताएकी छन् ।  

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:४१
Weather Update