News Griha :: न्यूजगृह
महोत्तरीमा खोलाले बगाउँदा एक जना बेपत्ता

महोत्तरी— महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

मरहा खोलाले मंगलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:५६
Weather Update