News Griha :: न्यूजगृह
चरेशसहित ७० र ६६ वर्षीय वृद्ध पक्राउ
सांकेतिक तस्बिर

दार्चुला— जिल्लामा चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् । 

उनीहरूको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३९
Weather Update