राष्ट्रिय सभा बैठक बस्दै, बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची

काठमाडौं— राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेपछि बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन २०८० लाई राष्ट्रिय सभामा पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट पठाएको छुट्टाछुट्टै दुई पत्रको सन्देश सदनलाई जानकारी गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराउने संसद् सचिवालयबाट जारी कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ०७:५७