न्यायाधीशका पीएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं— सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काले प्रयोग गर्दै आएको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूसँग पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ । गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ परेका हुन् ।
घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो । लगत्तै खड्काले पेस्तोल चोरी भएको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १२:२४