News Griha :: न्यूजगृह
तारकेश्वरमा पहिरोले घर पुरिँदा दुईको मृत्यु

काठमाडौ— तारकेश्वर नगरपालिका–५ चोगाउँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  

पहिरोमा परि ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्माको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।

उनका अनुसार गएराति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको टहरो पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:१९
Weather Update