News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
सांकेतिक तस्बिर

कञ्चपुर— जिल्लामा चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरी श्रीमानले हत्या गरेका हुन् । उनको हत्या आरोपमा श्रीमान ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्री पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रेमले श्रीमातीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३८
Weather Update